भक्तपुर, असोज २३ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको  कार्यक्रममा ओलीले सम्बोधन गर्न लागेका हुन् । अध्यक्ष ओलीले सम्बोधनमा पछिल्लो समय देशमा उत्पन्न  परिस्थिति लगायत बारेमा बारेमा स्पष्ट पार्ने बताइएको छ ।

कार्यक्रममा पार्टीका अन्य नेताहरू पनि सहभागी हुने बताईएको छ । अध्यक्ष ओली अहिले भक्तपुरकै गुण्डुमा बस्दै आएका छन् ।