भक्तपुर, असोज २४ :

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे भक्तपुरको गुण्डुमा बस्ने सो पार्टीले जनाएको छ  । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बैठक आयोजना गरिएको हो ।

यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।

यसैगरी आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

साथै  बैठकको तयारी नपुगेको भन्दै केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सारिएको छ ।  असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्ने एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।