
काठमाडौं, असोज २४ :
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्दैछन् ।
छलफल आज दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने बताइएको छ । राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनका बिषयमा छलफल गर्न लागेको स्रोतले बताएको छ ।
हिजो प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।