बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

वादविवादका क्रममा टोखामा एक पुरुषको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ असोज, २०८२ मा प्रकाशित
वादविवादका क्रममा टोखामा एक पुरुषको हत्या
काठमाडौं, असोज २४ :

टोखामा गएराति एक पुरुषको हत्या भएको छ । हत्यामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरिएको छ । टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो।

हत्याको आरोपमा उदयपुरका २७ वर्षीय गणेश लामा र सिन्धुलीका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उनको ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार