
डोटी, असोज २५ :
डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अछामको मंगल सेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियार रहेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ६ बालबालिका सहित २१ जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अछामबाट धनगढी आइरहेको बस भीम दत्त राजमार्ग अन्तर्गत जोरायल गाउँ पालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।