भक्तपुर, असोज २५ :

शुक्रबारदेखि जारी नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ ।  

आजको बैठकमा महाधिवेशनको प्रस्ताव गरिनेछ । यो बिषयमा हिजो नै बैठकपछि उप महासचिव प्रदीप ज्ञवाली बताएका थिए ।पार्टीको संस्थापन पक्ष छिट्टै महाधिवेशन बोलाउने तयारीमा रहेकाले आजको बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना बढी देखिएको छ ।

गुन्डुमा बसेको हिजोको बैठकमा पार्टी पुनर्गठनको बिषय बलियोसंग उठेको छ जस्ले गर्दा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न दबाब बढेको छ । हिजो ८ जना पदाधिकारीले आफ्नो धारणा राखि सकेका छन् भने आज बाँकी दुई उप महासचिव र सचिवहरूले धारणा राखेपछि अध्यक्षले जवाफ दिनेछन् ।

एमालेमा ओलीकै नेतृत्व कि हस्तान्तरण वा पुस्तान्तरण भन्ने  बहस चर्किएको छ । त्यस्तै संसद पुन:स्थापनाको एजेण्डा बोक्ने कि चुनावको तयारीमा लाग्ने भन्नेमा नेताहरूबीच मतऐक्यता छैन ।