
काठमाडौं, असोज २५ :
मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति,प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले शितलनिवासमा बैठक बसिरहेको छ ।
शीतल निवासमा बोलाइएको बैठकमा जेनजीबाट ढुंगानाको समूह,सुधन गुरूङको समूह लगायत सहभागी रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदलाई पूर्णता दिने प्रयासका क्रममा जेनजीसँग छलफल गर्न लागेकी हुन् । आन्दोलन दिवसको बिषयमा पनि छलफल हुने बताईएको छ ।
जेनजीबाट चारजना मन्त्री बनाउन लागिएको भन्दै हिजो अचानक नाम सार्वजनिक भएपछि जेन्जीका केही समुह आक्रोशित भएका थिए ।