भक्तपुर, असोज २५ :

आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्ष के पी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको सो पार्टीले जनाएको छ । हिजोको बैठक राती अबेरसम्म भएको हुँदा अध्यक्ष ओली थकित भएकाले आजको बैठक स्थगित गरिएको बताईएको छ ।

बैठक आईतबार बिहान  ११ बजेदेखि बस्ने गरी आजकव बैठक स्थगित गरिएको हो ।