राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।
शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा राष्ट्रपति पौडेललाई अचानक टाउको दुख्ने र वान्ता आउने समस्या देखिएको थियो। तत्पश्चात् उनलाई तत्काल अस्पताल लगिएको हो।
राष्ट्रपतिसँग तय भएको छलफल अब सोमबार बिहान १० बजेका लागि सारिएको छ।
यद्यपि, राष्ट्रपति बिरामी परे पनि प्रधानमन्त्री सुशीला कार्कीले शीतल निवासमै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
छलफलका लागि शनिबार बिहानै शीतल निवास पुगेका केही जेनजी प्रतिनिधिहरूले प्रवेश नपाएको भन्दै गेटबाहिर नाराबाजी समेत गरेका थिए।
यसअघि, शुक्रबार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित दलका प्रतिनिधिहरूसँग फागुन २१ गते हुने निर्वाचनबारे छलफल गर्दै तयारीमा जुट्न आग्रह गरेका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान