काठमाडौं, असोज २६ :

आइसिसी पुरुष टिट्वान्टी विश्वकप एसिया इएपि छनौटको सुपर सिक्स चरण आजबाट सुरु हुदैछ ।

यस खेलबाट आगामी बर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वव्यापी प्रतियोगिताका लागि अन्तिम तीन स्थानको लागि टुंगो लाग्नेछ । आज पहिलो खेल ओमान र कतारबीच हुनेछ भने दोस्रो खेल नेपाल र युएईबीच हुनेछ ।

नेपाल र युएईबीचकव खेल नेपाली समय अनुसार दिउँसो सबा ४ बजे ओमानको अल अमेरात क्रिकेट मैदानमा हुदैछ । 

 

यसअघि नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो ।