बर्दिबास, असोज २६ :

बस दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बर्दिबासमा सडक अवरुद्ध गरेका छन् । दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै  राजमार्गमा पर्ने बर्दिबास ३ गौरीडाँडामा सडक अवरुद्ध गरेका हुन्।  पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन्।

यही असोज १७ गते बर्दिबास-११ खयरमारामा ना.६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए। दुर्घटनापछि गम्भीर घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको थियो।

काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर इन्टरनेसनल हस्पिटल र पाटन अस्पतालमा उपचाररत घाइतेले यातायात ब्यबसायी संघ र बस संचालकले आवश्यक समन्वय नगर्दा बिरामीले औषधिसमेत नपाएको पीडित पक्षको गुनासो छ।