बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश गण्डकी प्रदेश

शरद ऋतुसँगै सुरु भयो पर्यटक पदयात्राको याम

· शुक्रबार, ५ असोज, २०८१ मा प्रकाशित
शरद ऋतुसँगै सुरु भयो पर्यटक पदयात्राको याम
गण्डकी, असोज ५ :

शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज- कात्तिक र चैत- वैशाखको समय पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ ।

पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग सहित पर्यटकीय गन्तव्यमा पर्यटक पुग्न सुरु गरेका छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्य असोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिनुभयो ।  

पोखरा- मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि अन्नपूर्ण क्षेत्रमा भित्रने पर्यटकको सहज आउजाउमा बाधा पुर्‍याइरहेको अध्यक्ष आचार्यको भनाइ छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाई यात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् । 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार