
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्समा नेपालले आज कतारसंग खेल्दैछ ।
ओमानको अल अमेरात क्रिकेट ग्राउण्डमा खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे हुनेछ ।
आईतबार भएको पहिलो खेलमा युएईलाई हराएको नेपालले आज दोस्रो खेल कतारसंग खेल्न लागेको हो । कतारलाई नेपालले १ रनले हराएको हो । अन्तिम ओभरमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै जित सुनिश्तित गरेका हुन् । अन्तिम तीन बलमा तीन रन आवश्यक हुँदा युएईले लगातार तीन विकेट गुमाएको थियो ।
नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।
युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए ।
युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए ।