काठमाडौं, असोज २७ :

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी भएको छ ।

इलामबाट काठमाडौतर्फ आउँदै गरेको बा. ९ च. ८६६८ नम्बरको फोर्ड कम्पनीको भिभो कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

चुलाचुली गाउँपालिका–५ का कार चालक ४२ वर्षिय प्रेम सेन्चुरी उनीकी श्रीमती वर्ष २७ की अनिता सेन्चुरी, छोरा वर्ष १४ का आयुष सेन्चुरी सकुशल रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।