
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १ सय ४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।
नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिए भने नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
लामिछानेले अन्तराष्ट्रिय क्रिकेटमा २ सय ५० बिकेटको सफलता प्राप्त गरेका छन्।
आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको दोस्रो विकेट लिएसँगै आफ्नो २ सय ५० औं विकेट पूरा गरेका छन्। उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन्।
टि-ट्वान्टी आईमा भने उनको यो १ सय २३ औं विकेट हो।ओडिआईमा उनले १ सय २७ विकेट लिएका छन्। यो सँगै उनले विकेट सङ्ख्या २ सय ५१ पुर्याएका छन्।
नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो ।