
काठमाडौं, असोज २८ :
हाल देश भर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।