काठमाडौं, असोज २८ :

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

केन्द्रीय कार्यसमिति बैठकअघि आज नै ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको सो पार्टीले जनाएको छ ।

जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि  आजको केन्द्रीय कार्यसमितिको बैठकमा जाने बताईएको छ  जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण भएकव थियो ।  घरमा पनि आगजनी गरिएको  थियो ।

उपचारपछि  आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेको स्रोतले बताएको छ ।