शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनसम्बन्धी १० वटा रिट

चारवटाको बुधबारको लागि पेसी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ असोज, २०८२ मा प्रकाशित
सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनसम्बन्धी १० वटा रिट
काठमाडौं, असोज २८ :

सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया सुरु भएसँगै मंगलबार चारवटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न सुरु गरेसँगै मंगलबार चार वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए । उनकाअनुसार चारवटै रिटमाथि बुधबारको लागि पेसी तोकिएको छ । 

पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको अमाग गर्दै १० वटा मुद्दाहरु आएको पनि बताए । यद्यपि ती मुद्दाहरु अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ । जेन–जनी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको कामकारबाही प्रभावित भएको थियो ।

उनले मंगलबार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको बताए । उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो । तिहारपछि सर्वोच्चका सबै सेवाहरु भवनहरुबाटै सुरु गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘आज अन्य चार किसिमका रिटहरु आएका छन् । दर्ता पनि भइसकेका छन् । भोलिको लागि पेसी तोकिएको छ । सरकार गठन र संसद् विघटनसम्बन्धीका मुद्दाहरु चाँही दश वटा आएको छ । अहिले त्यसलाई अध्ययनकै क्रममा रहेका छन् । आज एउटा संयुक्त इजलास मात्रै बस्यो । टेन्टमा नभई भवनमै इजलास बस्यो । केहीदिन हामीले टेन्टबाटै काम गरिरहेका थियौं । 

सर्वोच्चको पुरानो भवनमा पाँच वटा इजलास पहिलेदेखि नै बसिरहेको थियो । पाँच वटा इजलास त्यहीबाट र अन्य इजलास समेत व्यवस्थापन गरेर तिहारपछि  सबै इजलासहरु भवनहरुबाटै सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’

पाण्डेले सुनुवाई स्थगित गरिएका मुद्दाहरुको सुनुवाई प्रक्रिया समेत अगाडि बढाउने प्रयास भइरहेको भन्दै न्यायका उपभोक्ताहरुलाई नआत्तिन आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार