
चितवनको रत्न नगर नगरपालिका वडा नं.१२ शान्ति कुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्न नगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्न नगर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका कमल गुरुङ रहेका छन् ।
आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा पर्सा जिल्ला घर भई रत्न नगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्न नगर १२ नै बस्ने ४० वर्षका अंकज प्रसाद थारू घाइते भएका छन् ।
उनीहरू दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।