शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति भिडियो

ओलीको चेतावनी: एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
ओलीको चेतावनी: एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ
काठमाडौं, असोज २९ :

नेकपा (एमाले)का अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन् । 

बुधबारबाट ललितपुरको जावलखेलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गरे ।

उनले मुलुकमा अगुवाई गर्न सक्षम पार्टीको रुपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर समेत गरे। अध्यक्ष ओलीले भने,‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । 

व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कम्जोर हुन्छ छन्ने पुष्टि भयो ।’ अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार