शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः लिङ्देन

केहीलाई मन नपरेको भरमा अध्यक्ष छोड्न सकिन्न
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः लिङ्देन
काठमाडौं, असोज २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी समेत दिए । राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उनको भनाई छ । आफ्नो योग्यता, कार्यक्षमता माथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उनले बताए ।  

उनले भने, ‘पार्टीमा कुनै पनि अध्यक्ष हट्ने भन्ने प्रक्रियाको कुरा हुन्छ । अब हाम्रो पार्टीमा अध्यक्ष हटाउनको लागि पार्टीको विशेष महाधिवेशन बोलाउन पर्‍यो । हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधको संख्या ४६ सयको हाराहारीमा छ । भनेपछि २५ प्रतिशतले विशेष महाधिवेशनको माग गर्नुपर्छ । त्यो भनेको झन्डै साँढे १२ सय १३ सय हाराहारी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर हुन आउँछ । मैले त त्यस्तो महाधिवेशन प्रतिनिधिको माग आयो भने मेरो योग्यतामाथी, कार्यक्षमता माथि प्रश्न उठाएर त्यति साथीहरुको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाईदिन्छु ।’

उनले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताए । राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथी प्रश्न उठाउँदै आएका छन् । अध्यक्ष लिङदेनले उनीहरुलाई २५ प्रतिशत महाधिवेशनको हस्ताक्षर जम्मा गर्न चुनौती दिएका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार