
काठमाडौं, असोज ३० :
हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।
इजरायल र हमासबीचको युद्धको समयमा इजरायलबाट हमासले बन्धक बनाएका जोशीलाई खोज्न बहिनी र आमा अमेरिकासम्म गएका थिए । तर विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराशा बोकेर फर्किएका छन् ।
उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।
हमास र इजरायलबीच युद्धविराम भएको घोषणापछि विपिनको अवस्था पनि सार्वजनिक गरिएको थियो । अन्तिम समयसम्म अवस्था अज्ञात रहेको विपिनलाई हमासले जीवित नरहेको पुष्टी गर्यो ।
उनको शव इजरायललाई बुझाइसकेको र डिएनए परीक्षण पनि भईसकेको छ । पोस्टमार्टम रिपोर्टमा विपिनको हत्या सन् २०२३ अन्तिमतिर नै भएको देखाएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् ।