काठमाडौं, असोज ३१ :

ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंक सहित शीर्ष स्थानमा रहेको  छ भने दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ ।

यस्तै ओमानको पनि ६ अंक सहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।

आज नेपालले सामोआलाई पराजित गरे च्याम्पियन बन्नेछ ।

नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्व कपमा आफ्नो स्थान बनाइ सकेका छन् ।