काठमाडौं, असोज ३१ :

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल स्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग आज छलफल गर्दैछिन् ।

आज दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।  नेपाल स्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपाल स्थित विदेशी राजदूतहरूलाई बोलाइएको बैठकमा        

नेपालको समसामयिक अवस्था र  फागुन २१ गते हुने निर्वाचन लगायत बिषयमा छलफल हुने बताईएको छ ।