
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.१ लोकन्थलीस्थित सकुम्बासी बस्तीबाट प्रहरीले हातहतियारसहित एकजना पुरुषलाई पक्राउ गरिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.५ घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं. १ सुकुम्बासी बस्तीमा बस्दै आएका वर्ष ४० का गोपाल वि.क. लाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ५.५६ केएफ १३ लेखिएको लाइभ राउण्ड थान ७ बरामद गरेको हो ।
पक्राउ परेका उनलाई भक्तपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए। जेन्जी आन्दोलनपछि हतियारसहित पक्राउ परेको भक्तपुरको यो पहिलो घटना हो ।
यसअघि जेन्जी आन्दोलनको क्रममा जगाती प्रहरी बृत लगायत प्रहरी बृतहरुबाट हातहतियार लुटिएको थियो ।