बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३१ असोज, २०८२ मा प्रकाशित
राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस
काठमाडौं, असोज ३१ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई आयोगले छुट्टाछुट्टै रुपमा वार्षिक प्रतिवेदन पेस गरेको छ ।निर्वाचन आयोग र आदिवासी जनजातिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक  प्रमुख निर्वाचन आयुक्त  रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरे ।

यसैगरी आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । केही दिन यता आयोगहरुले धमाधम आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार