काठमाडौं, कात्तिक १ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक सुरु हुने बताइएको छ । असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा डिला संग्रौला, डा। गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाह लगायत आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले पनि बैठकमा धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा पनि नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ ।