
जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
काठमाडौंको एक होटेलमा पत्रकार सम्मेलन गरेर आफूहरूले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्। पत्रकार सम्मेलनमा उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै भिडले देश विकास हुँदैन कि त एनजिओ खोल्नुपर्यो कि त पार्टी नै खोल्नुको विकल्प छैन देश विकासको लागि । हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन उनले भने । आफुहरुको बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको उनको भनाइ छ। उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारेका छन् ।
बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार नभएको बताउदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो, यसलाई सुन्नैपर्छ। यो बिना कतै पनि जानेवाला छैनौँ भने ।
उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गरे। पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने पत्रकार सम्मेलनमा बताएका छन् ।उनले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने, भ्रष्टाचार अन्त्य गर्नको लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि सर्त राखेका छन् ।
नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने ढुंगानाले जानकारी दिए।