
काठमाडौं, कात्तिक २ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् ।
जेनजी आन्दोलनपछि सत्ता च्युत भएपछि उनले पहिलो पटक पत्रकारहरुसंग भेटघाट गर्न लागेका हुन् । पत्रकार भेटघाट कार्यक्रम आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ । एमालेको ३ दिन सम्म चलेको केन्द्रिय कमिटिको बैठक भर्खरै सम्पन्न भएको छ ।
पत्रकारहरुसंगको भेटमा उनले जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थिति लगायत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् ।