बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक १६ अङ्कले बढ्यो, खुम्चियो कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २ कात्तिक, २०८२ मा प्रकाशित
नेप्से परिसूचक १६ अङ्कले बढ्यो, खुम्चियो कारोबार
काठमाडौं, कात्तिक २ :

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ८७, वित्त शून्य दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ७०, लगानी शून्य दशमलव ७५, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९०, लघुवित्त शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ९० र अन्य समूह एक दशमलव १६ प्रतिशतले बढेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी हिमालयन ८०-२० को शेयर मूल्य छ दशमलव १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोेड १० लाख ९४ हजार ३६५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको तीन लाख ४४ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार