
सप्तरी, कात्तिक २ :
सप्तरीमा अज्ञात व्यक्तिले गोली प्रहार गरी एक वृद्धको हत्या गरेको छ । ७० वर्षीय रामदुलार दास (साह) आज बिहान गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
घरभन्दा करिब १०–१५ मिटरको दुरीमा उनीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट २ थान खोका पनि बरामद भएको छ । घटनाको अनुसन्धानका लागि जनकपुरधामबाट तालिम प्राप्त कुकुर झिकाइएको छ ।
