
काठमाडौं, कात्तिक ३ :
अमेरिका भागे भनेर भनिएका तत्कालीन ऊर्जा मन्त्री दीपक खड्का आफ्नो जलेको घरबाट नै सार्वजनिक भएका छन् ।
गृहमन्त्री ओम प्रकाश अर्यालले नै सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जा मन्त्री खड्का भागेको दाबी गरेका थिए । अहिले सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेको र कसैको भागाभागसमेत भएको भनी तत्कालीन ऊर्जामन्त्री खड्का भागिसकेको र अरू पनि भाग्न खोजेको भनी उनले सार्वजनिक रुपमै भनेका थिए ।
ऊर्जामन्त्री आफ्नो बुढानीलकण्ठस्थित रहेको घर जुन आन्दोलनकारीले जलाएको थियो सोही घरको आँगनमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै सार्वजनिक भएका हुन् ।
उनले देशको पछिल्लो अवस्था र भदौ २३-२४ गतेको जेन्जीले गराएको घटनाका विषयमा आफ्ना कुरा राखेका छन् ।