शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

तिहारको तेस्रो दिन : सुनसान देखिए उपत्यकाका सडक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
तिहारको तेस्रो दिन : सुनसान देखिए उपत्यकाका सडक
काठमाडौं, कात्तिक ३ :

तिहार सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । 

तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ ।

सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार