शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

शान्ति र स्थिरताको कामना गर्दै ध्योक्योप देव नृत्य प्रदर्शन

· सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
शान्ति र स्थिरताको कामना गर्दै ध्योक्योप देव नृत्य प्रदर्शन
मुस्ताङ, कात्तिक ३ :

विश्व शान्ति र स्थिरताको कामना गर्दै यहाँको घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन गरिएको छ ।

आज यहाँ आयोजित कुछ्प तेरङ्गा गुम्बामा यहाँस्थित विभिन्न गुम्बाका लामाहरूद्वारा बुद्ध धर्म परम्पराअनुसार ‘ध्योक्योप’ पूजासहित वेशभूषा र मुकुट लगाएर देव नृत्य प्रदर्शन गरिएको हो । गुरु पद्यसम्भव विभिन्न स्वरुपमा प्रकट भएका देवीदेवताको मुकुट लगाएर स्थानीय बौद्ध गुम्बाका लामाले देव नृत्य प्रदर्शन गरेका हुन् । करिब आधा शताब्दीदेखि निरन्तर चल्दैआइरहेको यसप्रकारको पूजा र देव नृत्य प्रदर्शनीले बौद्ध धर्मप्रति आस्था विश्वाश राख्ने भक्तजनलाई धार्मिक मोक्षप्राप्त हुने विश्वाश गरिएको छ ।

यसप्रकारको गुरु पद्यसम्भवसँग सम्बन्धित देवीदेवताका नृत्य अवलोकन गर्नाले मरेपछि पनि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । पूजामा लामाहरूले बजाउने ढ्याङ्गोलगायत बाजाका तालमा सामूहिक रूपमा देवीदेवताका नृत्य प्रदर्शन गरेको ठिनी गाउँका स्थानीय नीरज थकालीले बताए ।

ध्योक्योप अवलोकन गर्नाले मानिसहरूको ग्रहदशा हटाउने, अनिष्ट, प्राकृतिक विपद्को रोकथाम गर्ने, अशान्ति र दुःखकष्ठ अन्त्य गराउने जनविश्वाश रहेको छ । ध्योक्योप पूजा र देव नृत्यको माध्यमबाट भक्तलाई भगवान् चिन्न सकोस भन्ने उद्देश्यले यसप्रकारको ध्योक्योप नृत्य बर्सेनि  देखाउने प्रचलन रहेको थकालीले बताए ।

ध्योक्योप अवलोकनका लागि जोमसोम, स्याङ, मार्फा, ठिनी, कागबेनीलगायत स्थानबाट नागरिक यहाँ पुगेका थिए ।

मुस्ताङको ढुम्बा, स्याङ र टुकुचेलगायत गुम्बामा बर्सेनि यसप्रकारको ध्योक्योप पूजा र देव नृत्य प्रदर्शन गर्ने प्रचलन रहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार