काठमाडौं, कात्तिक ४ :
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै छिन् ।
प्रधानमन्त्री कार्कीले आज दिउँसो ४ बजे राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै राजनैतिक दलका नेताहरूले आलोचना गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने म्यानडेट दिइएको छ । सोही म्यानडेट अनुसार सरकार अहिले निर्वाचन गतिविधिमा सक्रिय छ ।