बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति प्रदेश बागमती प्रदेश

चुनावको वातावरण बनाउन सरकारले पहल गर्नुपर्छ : वर्षमान पुन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ४ कात्तिक, २०८२ मा प्रकाशित
चुनावको वातावरण बनाउन सरकारले पहल गर्नुपर्छ : वर्षमान पुन
भक्तपुर, कात्तिक ४ :

नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राजनीतिक दलहरूले फागुन २१ का लागि तोकिएको चुनाव सफल पार्न सरकारलाई सहयोग गर्नुपर्ने  बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले यस्तो बताएका हुन् । निर्वाचन सफल पार्नका लागि माओवादीले सरकारलाई सहयोग गर्ने बताउँदै उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे ।

संवैधानिक रूपमा देशलाई अगाडि बढाउनका लागि प्रतिनिधिसभाको चुनाव सफल पार्नुको विकल्प नभएको पुनको भनाइ छ ।

चुनावको वातावरण बनाउनका लागि सरकारले पहल गर्नुपर्ने पुनले बताए । केही दिन पहिले नेता पुन र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको बताएका थिए । भदौ २४ गतेको विध्वंस जेन-जीले नभई घुसपैठ गराएको बताए ।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेन-जी आन्दोनलमार्फत विष्फोट भएको पुनको भनाइ थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार