काठमाडौं, कात्तिक ५ :

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् ।

कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् ।