काठमाडौं, कात्तिक ६ :

आज तिहारको मुख्य दिन भाइटीका । काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी र दाजुभाइ नहुनेका लागि यो मन्दिर खुला गरिएको छ ।

यो मन्दिर वर्षमा एकपटक यही दिन-भाइटीकाका अवसरमा मात्र खुल्ने परम्परा छ। दिदीबहिनी र दाजुभाइ नहुनेहरूले यस मन्दिरमा पुगेर पूजा, दर्शन गरी एकअर्कालाई टीका लगाउने चलन रहेको छ।

०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि ०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।