बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश बागमती प्रदेश

तिहार सकिए लगत्तै भक्तपुरका किसानलाई धानबाली भित्र्याउने चटारो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
तिहार सकिए लगत्तै भक्तपुरका किसानलाई धानबाली भित्र्याउने चटारो
फाइल तस्बिर ।
भक्तपुर, कात्तिक ७ :

तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् । शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरुले आफूहरु बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । 

ठिमीकी सुनीता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरु व्यस्त रहेको बताइन् । उनले सरकारले किसानहरुलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गरिन् । 

सुनिता कोजुले भनिन्, ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुपर्‍यो । मल, विउको समयमै व्यवस्था हुनुप¥यो । त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ ।’

यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गरे । उनले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र विउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरु सक्षम नभएको पनि बताए । 

माखुले भने,‘यो दशैं अगाडि धान काटन शुरु हुन्छ । त्यही बेलादेखि आलु रोप्ने काम पनि सुरु हुन्छ । धानबालीको हेरचाह हामी आफैँ गर्छौं । मल बेलामा पाइँदैन । पैसा तिरेर पनि मल नपाउने समस्या छ ।’

भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम सुरु हुन्छ । असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम सुरु हुने स्थानीय किसानले बताए । बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार