प्रधानमन्त्री निवास बालुवाटारमा वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
आज प्रधानमन्त्री कार्की,गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गर्नुका साथै सम्भावित सुरक्षा चुनौतीका विषयमा बैठकमा छलफल भएको थियो।
बैठकपछि गृहमन्त्री ओम प्रकाश अर्यालले सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरिएको बताए । उनले भने "विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्, आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।"
अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उहाँले आग्रह गरेका छन् ।