शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

· शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं, कात्तिक ८ :

सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । मन्त्री घिसिङले भने,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरे, उक्त समयभित्रै निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ ।” 

‘जेनजी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षति पुगेको छ । त्यसैले पनि राष्ट्रियसभा बैठक बसाल्न पनि समस्या भइरहेको छ । “पूरानो संसद् भवनमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएर क्षति पुगेको छ । राष्ट्रियसभा बैठक चलाउनुपर्ने छ”, उनले भने, “आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक पनि बस्नुपर्छ । हाल क्षतिग्रस्त संसद् भवनलाई बैठक सञ्चालन योग्य बनाउन समय लाग्छ । त्यसैले नयाँ  संसद् भवन छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ ।”

त्यसक्रममा ठेकेदार प्रतिनिधिले हालसम्म ८७ प्रतिशत काम सम्पन्न भएको र भवनभित्र ‘फिनिसिङ’को काम चलिरहेको जनाएका थिए । कतिपय निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ भएको जनाउँदै ठेकेदार कम्पनीले बाँकी काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी आफूहरू लागिरहेको बताएका थिए ।

सिंहदरबार परिसरभित्र १५७ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार