काठमाडौं, कात्तिक ९ :

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम पनि टुंगो लागेको छ ।

खगेन्द्र सुनार श्रम तथा रोजगार,गणपतिलाल श्रेष्ठ पर्यटन,बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा शर्मा गौतम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्ने तय भएको बताइएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बताएको छ ।

चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी गरिएको पनि बताईएको  छ ।