
काठमाडौं, कात्तिक ९ :
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बिहान ११ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीति र आगामी कदम,विस्तारित बैठक तयारी,मतदाता नामावली दर्ता अभियान,पार्टी गतिविधि समीक्षा र योजना लगायत बिषयमा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।