
अभियानकर्मी अमन प्रताप अधिकारीले जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र पसेर अपशब्द बोलेको स्वीकार गरेका छन् । आफ्नो भनाइ सार्वजनिक गर्दै संसद् भवन जलाएको आरोपको भने एक भिडियो मार्फत खण्डन गरेका छन् । उनले भिडियो मार्फत बोलेका भनाई जस्ताको तस्तै राखिएको छ ।
"नमस्कार म अमन प्रताप अधिकारी
भाद्र २३ को दिन जेनजि आन्दोलनलाई समर्थन गर्दै म संसद भवन अगाडि पुगे । संसद भवन अगाडि गोली चल्यो । ड्याङ ड्याङ गोली चल्दाखेरि भागाभाग दौडादौड भयो । मेरै अगाडि पछाडि दायाँ बायाँ ४ जना स्कूल ड्रेस लगाएका विद्यार्थीहरू ढले । उनीहरूलाई गोली लाग्यो उनीहरू त्यही ढले र उनीहरू त्यही शहीद भए ।
भाद्र २४ गतेका दिन ती विद्यार्थीहरू झलझली मेरो आँखामा मेरो मुटुमा आइरहेको अवस्था, आक्रोश बोकेर म फेरी सांसद भवन नै पुगे । एन्टीकरप्सन र अन्य केही मुद्दाहरु लिएर अगाडि बढेको जेन्जी आन्दोलनलाई समर्थन गर्दै पुगेको म त्यहाँ एक दिन अगाडिको हत्याले त्यो आक्रोश त्यसरी बढेको थियो त्यो आगो त्यसरी बढेको थियो त्यहा म मात्रै होईन त्यहा म मात्रै होईन लाखौंको संख्यामा जो जो आएका थिए सबैमा त्यो आक्रोश किन थियो त? जो सरकार थियो नि ? त्यो सरकारले संसदभित्रबाट गोलि प्रहार गरेको थियो । र तपाई मेरा छोराछोरो त्यही ढलेर त्यही शहीद भएका थिए ।
संसद भवनभित्र सबै हुल भित्र जाँदा त्यो आक्रोश सबैमा देखिन्थ्यो । म मा पनि थियो । भित्र गईयो । भित्र जाने बित्तिकै मैले मोबाईल निकाले र ती तपाईका मेरा छोराछोरी माथि गोली प्रहार गर्ने... मेरा छोराछोरी पनि भाद्र २३ गतेका दिन त्यही आन्दोलनमा सरिक थिए उनीहरु पनि संसद भवनमा नै पुगेका थिए । तर कति तपाईका कति छोरा छोरी त गोली लागेर मरे नि त । शहीद भए नि त । सो ती त्यो गोली हान्न आदेश दिने सरकार चलाउने र त्यो देश चलाइरहेको त्यो सरकार र त्यो देश चलाइरहेकोहरुलाई मैले के बोले त तेरो देश सकियो भनेर बोले ।त्यो को माथि इंकित थियो त जसले त्यो सरकार देश चलाईरहेको थियो जस्ले त्यो गोली हान्ने आदेश दिएको थियो । कस्ले दिएको थियो त के पी ओलीज्यूले संचालन गरिरहेको भन्छु म । संचालन गरिरहेको पार्लियमेन्ट र देश थियो । उहालाई साथ दिने देउवाजी,प्रचण्डजी थियो । उहाहरु सबै र होल पार्लियमेन्ट विरुद्धको मेरो आक्रोश थियो । ती छोराछोरी मेरा आँखा अगाडि मरेका त्यो आक्रोश थियो । त्यो आक्रोशमा मैले अपशब्द बोले । अपशब्द कस्लाई बोले त मैले त्यो गोली हान्न आदेश दिने केपी ओली लिडेड पार्लियमेन्ट गभर्नमेन्ट विरुद्ध मैले त्यो अपशब्द बोले, तपाई हामी प्रति इंकित होईन । त्यो रिस राग मेरो आँखा अगाडि ती छोराछोरी मरेको रिसरागको आक्रोश थियो त्यो । अहिले तपाई मेरो फोनमा त्यो फेरि रि आईरहेको छ । अहिले सुन्दा तपाईको बुवा आमा दिदिबहिनि छोराछोरीले त्यो शब्दहरु सुन्दा अफ्टेरो लाग्छ हैन मैले अपशब्दहरु नै बोलेको छु । र अहिले सुन्दा अफ्टेरो लागेको म धेरै धेरै माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो "आई डु नट रिग्रेटेड " । किनभने उहाहरुले उहाहरुकै आदेशमा तपाई हाम्रो छोराछोरी मारिएको हो । त्यो हत्यारा विरुद्ध चाहिँ मैले त्यो अपशब्द बोलेको हो ।
अर्को कुरा सांसद भवन मैले जलाए भन्ने जो हुनुहन्छ नि एउटा प्रमाण निकाल्नुस म जेल जान्छु । सिंहदरबार मैले जलाए भन्ने एउटा प्रमाण निकाल्नुस म जेल जान्छु । न्यायलय मैले जलाए भन्नुहुन्छ नि एउटा प्रमाण निकाल्नुस म जेल जान्छु । कसैको घर इन्डिभिज्युल घर या कोही कसै प्रति मैले हातपात गरेको भए एउटा सानो पनि फोटो केही सबुत होला नि तपाइसँग ल्याउनुस म जेल गई दिन्छु । र एउटा कुरा याद गर्नुस् जो एन्टी करप्सन् विरुद्धको यो लडाई थियो यो लडाई म अहिले पनि बोकेर हिडेको छु । जो हत्याराहरु अहिले सम्म पक्रिएको छैन नि यो अहिलेको सरकारले अहिलेको सरकार पनि एकदमै याद गर्नुस है तपाईहरुको काम पनि सही भईरहेको छैन् । यो हत्याराहरुलाई पक्रिने काम चाडो गर्नुस् ।अहिले हेर्नुस त सामाजिक संजालमा भदौको २३ कुरा सबै मेट्न लागिसक्यो । ती हत्याराहरु भाग्न लागिसके छुट्न लागिसके । २४ मा बिल्डिङ बलेको कुरा ठुलो भईरहेको छ । एउटा ज्यान र एउटा बिल्डिङ कहिल्यै पनि बराबर हुदैन । कृपया त्यो याद गर्नुस् ।
र यो एन्टि करप्सन र हत्याराहरु विरुद्ध मेरो आवाज यतिकै बुलन्द रहनेछ नमस्कार धन्यवाद ।"