नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै माफी मागेका छन् । आफ्नो फेसबुक मार्फत शुभकामना दिँदै महामन्त्री थापाले
यो वर्ष दशैं,तिहार र नेपाल सम्वत् जस्तै छठ पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले आमन्त्रण गरेका आयोजकसँग माफी मागेका हुन् ।
उनले लेखेका छन् "यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकोले क्षमा चाहन्छु’, मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु ।’
उनले अर्को वर्ष एकसाथ छठ पर्व मनाउने अभिलाषा समेत व्यक्त गर्दै छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्,’ महामन्त्री थापाले लेखेका छन् ।"
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।