आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विप्लवको पार्टीले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने

१०/१५ हजार कार्यकर्ताहरुलाई उतार्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
विप्लवको पार्टीले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १० :

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ । जेनजी आन्दोलनपछि पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको सो पार्टीले जनाएको छ ।

सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले विकसित राजनीतिक घटनाक्रम लगायतलाई मेटेर सम्बोधन गर्ने नेता सन्तोष बुढामगरले जानकारी दिए ।

काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कम्तीमा १०/१५ हजार कार्यकर्ताहरुलाई उतार्ने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेपछि प्रदर्शन र सभा गर्ने स्थान निश्चित गरिने  बुढामगरले जानकारी दिए । यसअघि दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न खोज्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार