बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जेनजी आन्दोलनमा लुटेका प्रहरीका केही सुरक्षा सामग्री होस्टलमा भेटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा लुटेका प्रहरीका केही सुरक्षा सामग्री होस्टलमा भेटियो
काठमाडौं, कात्तिक १० :

काठमाडौँ महानगरपालिका-३२ सुविधानगरको सम्पदा ब्वाइज होस्टलमा प्रहरीले खानतलासी गर्दै  जेनजी आन्दोलनमा लुटेका प्रहरी केही सामग्री फेला परेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा सामग्री होस्टलमा फेला परेको हो।

होस्टलबाट हत्कडी, लौरो र सशस्त्र प्रहरीको बडी प्रोटेक्टर बरामद गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रहरीले होस्टलका सञ्चालक गोबिन्दकुमार ठाकुरलाई पक्राउ गरेको छ।

आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका केही हतियार र पोशाकहरु अझै फेला पर्न सकेको छैन । राजनीतिक दलहरुले सोही हतियारलाई देखाएर निर्वाचन सुरक्षाप्रति चिन्ता व्यक्क गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार