आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

ऊर्जामन्त्री घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
ऊर्जामन्त्री घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिने
काठमाडौं, कात्तिक १० :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट उनी सोमबार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा कात्तिक १० देखि १३ गतेसम्म हुँदैछ। 

मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा  विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आइएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो। महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम छ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार