काठमाडौं, कात्तिक ११ :

देशका  विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । 

पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् ।

भक्तपुर

छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसरी  निर्जला व्रत अहिले बिहान सूर्योदयसँगै सम्पन्न गरिएको हो ।