
उपल्लो डोल्पा, कात्तिक ११ :
उपल्लो डोल्पामा मङ्गलबार बिहानदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
हिउँका कारण बाटोहरू अवरुद्ध हुँदा एक ठाउँबाट अर्को ठाउँमा जान समेत समस्या भइरहेको डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमबा दोर्जे गुरुङले जानकारी दिए ।
पशु चौपायाहरुलाई चिसोबाट जोगाउन हैरानी भएको उनको भनाइ रहेको छ । घरको छतमा रहेको हिउँ हटाउँदा हटाउँदै फेरि थुप्रो पर्ने गरेको उनले पीडा सुनाए । डोल्पो बुद्ध जस्तै छारका ताङसोङ गाउँपालिकामा समेत सेफकसुन्डो गाउँपालिकामा पनि त्यस्तै समस्या भएको छ।
हिमपातले पालिकाको कामहरू समेत ठप्प भएको छ। पालिकामा सेवा लिन आउने स्थानीय बासीहरू आज पूर्णरुपमा रोकिएका छन्।